कतारमा हुने विश्वकप फुटबलका लागि हालस्मम १२ लाख टिकट बिक्री

एजेन्सी : कतारमा आयोजना हुने विश्वकप फुटबलका लागि १२ लाख टिकट बिक्री भइसकेको आयोजकले जनाएको छ ।

आयोजक कतारले पहिलो पटक पहिलो पटक हालसम्म बिक्री भएको टिकट संख्या सार्वजनिक गरेको हो ।

विश्वकपका प्रमुख आयोजक हसन अल थवाडी पहिलो पटक मध्यपूर्वमा आयोजना हुन लागेको तथा नोभेम्बर डिसेम्बरमा सञ्चालन हुने विश्वकपका लागि टिकटको कीर्तिमानी माग रहेको बताएका छन् ।

आयोजकका अनुसार दुई चरणमा भएको टिकट बिक्री कार्यक्रममा चालिस लाख टिकटको माग भएको छ ।

कतारले दुई लाख टिकट बिक्री गर्दैछ भने थप एक लाख टिकट फिफा र प्रायोजकहरुका लागि आरक्षित राखिएको छ ।

करिब एक महिना चल्ने प्रतियोगितामा कतारको राजधानी दोहा आसपास रहेका ८ स्टेडियममा ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।

कतारका अनुसार होटल, अपार्टमेन्ट, पानी जहाज र मरुभुमिको क्याम्प गरि विश्वकपका लागि करिब १३ लाख कोठाको व्यवस्था हुनेछ ।

केही फुटबल समर्थकहरुका लागि करिब एक हजार परम्परागत कतारी टेन्टको व्यवस्था पनि गरिएको छ ।

leave a reply

Techie