र्‍याप ब्याटल शो ‘ब्याटल भूमि’ आउँदै

काठमाडौं : र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ ले पाएको लोकप्रियतापछि निर्माण समूहले नयाँ र्‍याप ब्याटल शो ‘ब्याटल भूमि’ ल्याउने घोषणा गरेको छ ।

एक कार्यक्रम आयोजना गर्दै निर्माण समूहले डिजिटल अडिसन खुला गरिएको जानकारी गराएको हो । शो आगामी साउनबाट ओेएसआर डिजिटल र डी म्युजिक टेलिभिजनबाट प्रशारण हुनेछ । कार्यक्रम एउटा डिजिटल प्लेटफर्ममा राम्रो छाप छोड्न सफल भएको र राम्रो उत्पादन गर्न पनि सफल हुने निर्माण समूहको अपेक्षा छ ।

आयोजकका अनुसार डिजिटल अडिसन दुई जुलाईसम्म हुनेछ । आयोजकका अनुसार डिजिटल अडिसनका लागि सहभागीले म्युजिक बिटमा दुई मिनेट भन्दा माथिको भिडियो पठाउनु पर्ने उल्लेख गरेको छ ।

निकेश खड्काले निर्देशन गर्ने कार्यक्रममा सुदीप पोखरेल र रोशनकुमार श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् । शोमा मानस घले र कवि जी निर्णायकको रूपमा रहनेछन् भने अर्का एक निर्णायक पनि छिटै नै घोषणा गर्ने निर्माण समूहले बताएको छ ।

कार्यक्रमको सहनिर्मातामा मनोज सापकोटा छन् भने कार्यक्रम सञ्चालन कोइन्च जीले गर्नेछन् । शोको विजेताले पाँच लाख रुपैयाँसँगै विश्व भ्रमणको अवसर प्राप्त गर्ने निर्माण समूहले बताएको छ ।

leave a reply

Techie