स्टिल र स्यानेटरी प्याडसँग सम्बन्धित माग सम्बोधन नगरेको भन्दै व्यवसायीहरु आन्दोलित

काठमाडौं : स्टिल र स्यानेटरी प्याडसँग सम्बन्धित माग सम्बोधन नगरेपछि विराटनगरका उद्योगी–व्यवसायीले सरकारविरुद्ध आन्दोलन शुरु गरेका छन् । आन्दोलनमा ट्रेड युनियनहरूले समेत साथ दिएका छन् ।

उद्योग संगठन मोरङको नेतृत्वमा विराटनगरका उद्योगी व्यवसायी र मजदुरहरूले सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा समेत माग गरेका छन । सरकारले व्यवसायी र मजदुर ह तोत्साहित गर्ने नीति लिएको उनीहरुले आरोप लगाएका छन् ।

सरकारको बजेटले समस्यामा परेका उद्योगका माग सम्बोधन नगरिएकाले दोस्रो चरणको संयुक्त आन्दोलनमा उत्रनुपरेको उद्योगीहरुको भनाइ छ ।

प्रदर्शनमा मोरङ व्यापार संघ, उद्योग सङ्गठन मोरङ र नेपाल उद्योग परिसङ्घको सहभागिता थियो भने चार मुख्य ट्रेड युनियनमा आवद्ध मजदुरहरुको पनि सहभागी थिए ।

तीनवटा उद्योगी व्यवसायीको संगठन र चारवटा मजदुर संगठनले अर्थ मन्त्रालयमा छुट्टाछुट्टै र संयुक्त गरी दुईवटा पत्र पठाएर बुधबारसम्मको अल्टिमेटम दिएका थिए ।

आर्थिक विधेयकमा त्रुटिपूर्ण व्यवस्था गरिएकाले स्वदेशी उद्योगहरू धरापमा पर्न गई सञ्चालक र श्रमिक मजदुर विस्थापित हुनुपर्ने अवस्था आएको उनीहरुको भनाइ छ ।

leave a reply

Techie