५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन शुरु

काठमाडौं : सरकारले बिहिबारदेखि ५ वर्ष माथि र १२ वर्ष भन्दा कम उमेर समूहका बालबालिकालाई कोभिडबिरुद्धको फाइजर खोप लगाउन शुरु गरेको छ ।

दुई चरणमा गरी ७७ जिल्लाका ३९ लाख बालबालिकालाई दिन लागिएको यो खोप बिहीबारदेखि पहिलो चरणमा भने २७ जिल्लामा शुरु गरिएको हो ।

खोप अभियानको भक्तपुरस्थित आदर्श माध्यमिक विद्यालयमा युएसएड नेपाल मिसनका अधिकारीहरुले निरीक्षण गरेका थिए ।

पहिलो चरणमा २७ वटा जिल्लामा १५ असारसम्म खोपको पहिलो मात्रा र दोस्रो मात्रा साउन २ देखि ८ गतेसम्ममा दिइने छ ।

त्यस्तै, बाँकी रहेको ५० जिल्लामा भाद्र ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भाद्र २७ देखि असोज १ गतेसम्म दोस्रो मात्रा खोप अभियान सञ्चालन हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पहिलो चरणको खोपका लागि कोभ्याक्सले २२ लाख डोज फाइजर खोप पठाइसकेको छ ।

leave a reply

Techie