नेपालगञ्ज विमानस्थलको स्तरोन्ति हुन सकेन, टर्मिनल भवन निर्माणको विनियोजित रकम फिर्ता

नेपालगञ्ज : पश्चिम नेपालको महत्वपूर्ण विमानस्थल नेपालगञ्ज विमानस्थलको स्तरोन्ति हुन सकेको छैन । विगतका दिनहरुभन्दा केही सुधार भए पनि गुरुयोजना अनुसार विमानस्थलको निर्माणमा ढिलाई मात्र भएको छैन, नेपालगन्ज विमान स्थलमा टर्मिनल भवन निर्माणका लागि टेण्डडर भएको बजेट पनि राज्यले खोसेको छ ।

नेपालगञ्ज विमानस्थलको स्तरोनितसहित मुहार फेर्नलाई परिमार्जित गुरुयोजना बनाए पनि सो अनुसार काम हुन सकेको छैन । २०३७ सालमा स्थापना भएको नेपालगञ्ज विमानस्थल हिमाली तथा पहाडी जिल्लाका लागि हवाई सेवा पुर्‍याउने एक सशक्त माध्यम हो ।

विगतमा हिमाली जिल्लामा सडक यातायात सेवा नपुगेको बेला एक मात्र हवाई सेवा थियो भने हाल हुम्लामा अझै हवाई सेवाको भर पर्नु पर्ने अवस्था छ । कर्णालीका साथै बाजुरा, रुकुम जिल्लामा समेत नेपालगञ्जबाट उडान हुँदै आएको छ ।

दैनिक ८ भन्दा बढी काठामाडौं उडान गरिरहेकोमा केही समयदेखि पोखरामा पनि शुरु भएको छ । भैरहवासम्म पनि उडान भर्ने तयारी नेपालगञ्ज विमानस्थलको छ । तर, विगतमा बनेको गुरुयोजना अनुसार नेपालगञ्ज विमानस्थलको स्तरोन्ति भने भएको छैन ।

नयाँ टर्मिनल भवनका लागि टेण्डर भएको बजेट समेत गुमाएपछि नेपालगञ्जवासी निरीह बनेका छन् । स्तरोन्ति हुनुको साटो यसरी बजेट गुमाउँदा नेपालगन्जको विकासमा वाधा पुगेको छ । दैनिक यात्रुको चाप बढ्दै जाँदा पनि पुरानो विमानस्थललाई स्तरोन्ति गर्नुको साटो टेण्डर भएकै बजेट सदुपयोग नगर्दा नेपालगञ्जवासी आक्रोसित छन् ।

नेपालगञ्ज विमानस्थका अनुसार दैनिक करिब ३८ वटा उडान हुने र एक हजार ५ सय यात्रुले सेवा लिने गरेका छन् । विगतको तुलनामा विमानस्थलको विस्तारै मुहार फेरिएको छ । निर्वाचन ताका हरेक पार्टीको घोषणापत्रमा नेपालगञ्ज विमानस्थललाई क्षेत्रीय विमानस्थलका रुपमा विकास गर्ने भनिए पनि त्यसतर्फ भने अझै ध्यान पुग्न नसकेको सर्वसाधारणको गुनासो छ ।

leave a reply

Techie