म्याराडोनाको उपचारमा संलग्न स्वास्थ्यकर्मीमाथि मुद्दा चल्ने, लापरबाहीपूर्ण हत्याको अभियोग

एजेन्सी : फुटबल खेलाडी डिएगो म्याराडोनाको उपचारमा लापरबाही गरेको आरोपमा आठजना स्वास्थ्यकर्मीमाथि मुद्दा चल्ने भएको छ ।

उपचारमा कमजोरी र अनियमितता देखिएको पाएपछि अदालतले लापरबाहीपूर्ण हत्या गरेको अभियोगमा मुद्दा चलाउन आदेश दिएको हो ।

मुद्दाको सामना गर्नेमा नशासम्बन्धी म्याराडोनाका निजी चिकित्सक, एक मनोचिकित्सक, अर्का दुई चिकित्सक, दुईजना नर्स र उनीहरूका हाकिमसहित छन् ।

अभियोग पुष्टि भएमा प्रत्येकले आठदेखि २५ वर्षको जेलसजाय भोग्नुपर्ने बताइएको छ । मुद्दाको सुनुवाइको समय चाहिँ तय भैसकेको छैन ।

आरोपित सबैले म्याराडोनाको निधनका लागि आफूहरू जिम्मेवार नरहेको बताएका छन् ।

यसअघि विस जना विज्ञ सम्मिलित एउटा समूहले म्याराडोनाको उपचारमा संलग्न चिकित्सक टोलीले अनुपयुक्त, अपर्याप्त र गैरजिम्मेवार ढङ्गले काम गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

म्याराडोनाको अर्जेन्टिनाको राजधानी ब्यूनस एरिजमा सन् २०२० को नोभेम्बरमा ६० वर्षको उमेरमा हृदयघातवाट मृत्यु भएको थियो ।

त्यसलगत्तै उपचारमा संलग्न चिकित्सक तथा नर्समाथि अनुसन्धान सुरु भएको थियो । डिएगो म्याराडोनालाई विश्वका सर्वकालिक महान् फुटबल खेलाडीमध्ये एक मानिन्छन् ।

leave a reply

Techie