सेरेना विलियम्स एक वर्षपछि कोर्टमा फर्किइन्

एजेन्सी : २३ पटकको ग्राण्डस्लाम एकल विजेता सेरेना विलियम्स एक वर्षपछि कोर्टमा फर्किएकी छन् ।

विम्बल्डनको अभ्यास प्रतियोगिता इस्टबोर्नमा महिला युगल खेल जितेर उनी कोर्टमा फर्किएकी हुन् ।

सेरेनाले ट्युनिसियाकी ओन्स जबुरसँग मिलेर महिला युगलको पहिलो सेटमा स्पेनकी सारा सोरिबेस टोर्मो र चेक गणतन्त्रकी मारी बुज्कोभालाई २–६, ६–३, १३–११ ले हराएर पुनरागमन गरेकी हुन् ।

विम्बल्डनमा वाइल्ड कार्ड इन्ट्री जितेमा ४० वर्षीया सेरेनाले जितसँगै कम्तिमा एक थप प्रतिस्पर्धात्मक खेल पाउने छिन् ।

विम्बल्डन सोमबारबाट शुरु हुँदैछ । पूर्वविश्व नम्बर एक सेरेनाको एकलमा हालको वरीयता १ हजार दुई सय चार रहेको छ ।

leave a reply

Techie