काठमाडौं : नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ ‘विनिमय दर’ हालसम्मकै बलियो बनेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको विनिमय दर १ सय २५ रुपैयाँ ७२ पैसा तोकेको छ । हिजो १ सय २५ रुपैयाँ २२ पैसा थियो ।
पछिल्ला दिनमा नेपाली मुद्राको तुलनामा अमेरिकी डलरको भाउ लगातार बढेर हरेक दिन नयाँ उचाइमा पुगिरहेको छ ।
पछिल्ला चार वर्षमा अमेरिकी डलर भाउ करिब २३ रुपैयाँ बढेको छ । विश्वबजारमा अमेरिकी डलरको माग अकासिएपछि भाउ पनि बढेको हो ।
वैशाख २७ देखि अमेरिकी डलरले हरेक दिनजसो नयाँ रेकर्ड बनाउन थालेको हो ।