टेकुमा उपचाररत थप दुई जनामा हैजा पुष्टि, काठमाण्डौमा हैजा फैलन सक्ने जोखिम बढेको चिकित्सकको भनाइ

काठमाडौ । काठमाण्डौमा थप दुई जनामा हैजा पुष्टि भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचाररत थप दुई जनामा हैजा पुष्टि भएको हो । काठमाण्डौमा हैजा फैलन सक्ने जोखिम बढेको भन्दै सतकर्ता अपनाउन चिकित्सकहरुले आग्रह गरेका छन । हैजा छिटो फैलिने भएकाले एक जनामा देखिए पनि यसलाई ठूलो जोखिम मानिने गरिन्छ । यसअघि काठमाण्डौ बागबजारमा बस्ने दुई जनामा हैजा पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयको टोलीले अहिले सो क्षेत्रको ढल,पानी, खाद्यलगायतको नमूना संकलन गरेर अध्ययन गरिरहेको छ । हैजा लागेको बिरामीको समयमा नै उपचार नभए ज्यान जाने खतरा हुन्छ । दूषित पानी वा खाद्य पदार्थ सेवन गर्दा हैजा सर्ने गर्दछ । हैजावाट जोगिन उमालेको वा शुद्धीकरण गरिएको पानी मात्रै पिउन र स्वस्थ खानेकुरा खान पनि चिकित्सकले सुझाव दिएका छन ।

leave a reply

Techie