बुधबारदेखि नियमित उडान रोक्ने वायुसेवा सञ्चालक संघको निर्णय

काठमाडौं : वायुसेवा सञ्चालक संघले बुधबारदेखि आन्तरिक र बाह्य उडान बन्द गर्ने निर्णय गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक मन्त्रालयले निजीक्षेत्रप्रति पूर्वाग्रही हुन थालेको भन्दै संघले मंगलबार पत्रकार सम्मेलनमार्फत पाँच बुँदे माग अघि सार्दै उडान रोक्ने घोषणा गरेको हो ।

निजी क्षेत्रविरुद्ध हस्तक्षेप, पूर्वाग्रही र अव्यवहारिक निर्णय गर्न थालेको विरोधमा उडान बन्द गर्ने कठोर निर्णय गरिएको संघले जनाएको छ ।

संघले हवाई क्षेत्रमा रहेका दीर्घकालीन समस्या समाधान गर्नुपर्ने माग अघि सारेको छ । विमानस्थल सेवा शुल्क नियमावली २०७८ मा यात्रु सेवा शुल्क ल्यान्डिङ, पार्किङ, नेभिगेसन लगायतका सम्पूर्ण शुल्क वृद्धि फिर्ता लिई पूर्ववत कायम गर्न संघले माग गरेको छ ।

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेलिकप्टर सञ्चालनका लागि दीर्घकालीन हेलिप्याड, मर्मत सम्भारका लागि ह्याङर लगायतका भौतिक पूर्वाधारहरुका लागि स्थान उपलब्ध गराउनुपर्ने माग संघको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल लगायतका विमानस्थलबाट विना अवरोध सेवा यथावन सञ्चालन गर्न पाउनुपर्ने पनि संघले माग गरेको छ ।

नेपाललाई युरोपियन युनियनको हवाई सुरक्षाको सूचीबाट हटाउनका लागि सरकारले यथाशीघ्र पहल हुनुपर्ने माग संघको छ ।

leave a reply

Techie