साउनदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गर्ने निगमको तयारी

काठमाडौं : पेट्रोलियम पदार्थमा अब स्वचालित मूल्य प्रणाली पूर्ण रूपमा लागू हुने भएको छ । नेपाल आयल निगमले आउँदो साउनदेखि डिजेल र पेट्रोलमा पूर्ण रूपमा स्वचालित मूल्य प्रणाली लागू गर्ने भएको हो ।

सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममासमेत स्वचालित मूल्य प्रणाली लागू गर्ने उल्लेख छ ।

सोहीअनुरूप स्वचालित मूल्य प्रणाली पूर्ण रूपमा कार्यान्वयन गर्न लागिएको हो ।

यसअघि २०७१ असोज २४ देखि पेट्रोलियममा स्वचालित मूल्य प्रणाली लागू गरिएपनि प्रभावकारी कार्यान्वयनमा आउन सकेको थिएन ।

स्वचालित मूल्य प्रणाली लागू हुँदा अन्तर्राष्ट्रिय बजार मा मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने हुन्छ ।

पछिल्लो समय नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसनलाई २२ अर्ब रूपैयाँ बुझाउन बाँकी रहेको छ ।

leave a reply

Techie