शेयर बजारमा १९ महिना यताकै न्यून विन्दुमा

 नेप्से ४९ अंकले घटेर एक हजार ८ सय ८४ मा झ¥यो

काठमाडौ । सेयर बजारको परिसूचक नेप्से आज पनि दोहोरो अंकले घटेर १९ सय अंकभन्दा तल कायम भएको छ । नेप्से ४९ दशमलब ३१ अंक घटेर एक हजार ८ सय ८४ अंकमा कायम भएको हो । आज कायम भएको अंक १९ महिना यताकै न्युन हो । सोमबार कुल २ सय ३० कम्पनीको ३६ हजार ४ सय ६४ वटा कारोबारबाट ६१ लाख ८६ हजार ९४१ कित्ता सेयर किनबेच भएको छ । १ अर्ब ७५ करोड ६ लाख १ सय ७१ रुपैयाँ बराबरको कारोबार भएको छ । बजारका सबै सूचकहरु आज ओरालो लागेका छन् । बैंकिङ २१, विकास बैंक १३५, फाइनान्स ४८, होटल तथा पर्यटन ५२, जलविद्युत ९३, जीवन बीमा २३४, उत्पादन ९१, लघुवित्त १ सय १०, निर्जीवन बीमा २ सय ३९, अन्य ४९ र ब्यापार उपसमूह २२ अंक घटेका छन । आँधिखोला लघुवित्त र सीवाईसी नेपाल लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ । चारवटा कम्पनीको मूल्य बढ्दा १ सय ९१ वटाको घटेको छ । प्रभु बैंक, नेपाल टेलिकम, हिमालयन डिस्टिलरी, एनआईसी एसिया बैंक र नबिल बैंक कारोबार रकमका आधारमा क्रमशः अगाडि रहेका छन ।

leave a reply

Techie