फ्रेन्च ओपन टेनिसमा महिलातर्फको उपाधि इगा स्वेटेकलाई

एजेन्सी । फ्रेन्च ओपन टेनिस अन्तर्गत महिलातर्फको उपाधि विश्व नम्बर एक इगा स्वेटेकले जितेकी छिन । पेरिसमा गएराति भएको फाइनलमा अमेरिकी खेलाडी कोको गाउफलाई हराउँदै पोल्याण्डकी इगाले उपाधि जितेकी हुन । इगाले १८ औं वरियताकी कोकोलाई ६–१ र ६–३ को सोझो सेटमा पराजित गरिन् । इगाले दोस्रो पटक फ्रेन्च ओपन जितेकी हुन् । यस अघि उनले २०२० मा उपाधि जितेकी थिइन् । २१ वर्षिया इगाको यो दोस्रो ग्रान्डस्लाम उपाधि हो । पुरुषतर्फको उपाधिका लागि राफायल नाडाल र क्यास्पर रुड भिड्ने छन् ।

leave a reply

Techie