गलत दुव्र्यवहारकाविरुद्ध आवाज उठाउन मिरुनाको आग्रह, चुपचाप दुःख नसहन अपिल

काठमाडौ । ‘कबड्डी’ चार कि नायिका मिरुना मगरले गलत दुव्र्यवहारकाविरुद्ध आवाज उठाउन आग्रह गर्दै उनले चुपचाप दुःख नसहन अपिल गरेकी छिन । उनले आफूले धर्मविरुद्ध नभएर दुव्र्यवहारविरुद्ध आवाज उठाएको बताएकी हुन । बौद्ध भिक्षु फूर्पा तामाङले आफूलाई अनुचित ढंगले घटनामा विवादमा तानिएपछि नायिका मगरले सामाजिक सञ्जालमार्फत यस्तो प्रतिक्रिया दिएकी हुन । जेठ १५ गते सिभिल मलको कफी सपमा तामाङले आफूलाई अनुचित ढंगले छोएको आरोप मिरुनाले लगाएकी थिइन् । उजुरीपछि प्रहरीले फूर्पालाई पक्राउ गरेको थियो । तीन हजार रुपैयाँ धरौटीमा रिहा भएका फुर्पाले मिरुनासँग माफीसमेत मागेका थिए । मंगलबार बेलुका दुवै पक्षबीच सहमति भएपछि विवाद मत्थर भएको छ । मिलापत्र भइसकेपनि सामाजिक सञ्जालमा धर्मलाई लिएर विभिन्न टीकाटिप्पणी भएपछि मगरको पछिल्लो भनाइ सार्वजनिक भएको हो । उनले अन्याय एवं हिंसाविरुद्ध लड्न आम महिलालाई आग्रह गरेकी छन् । अन्यायविरुद्ध लड्न अहिले कठिन भएपछि भोलिका दिनमा अवश्य परिवर्तन हुने मिरुनाको विश्वास छ ।

leave a reply

Techie