नायिका दुर्व्यवहार आरोपमा पक्राउ गरेका फुर्वा लामा धरौटीमा रिहा

काठमाडौ । कबड्डी–४ की नायिका मिरुना मगरलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ गरेका फुर्वा लामासँग ३ हजार धरौटीमा रिहा भएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोविन्द प्रसाद रिजालले उनलाई ३ हजार धरौटीमा रिहा गर्न आदेश दिएका हुन् ।एक वर्ष भन्दा कम समय सजाय हुने मुद्दामा प्रमुख जिल्ला अधिकारीले आदेश गर्न सक्ने कानुनी व्यवस्था छ।

फिल्म प्रमोशन गर्न जाँदा काठमाडौंको सिभिल मलमा तामाङले आफूमाथि अभद्र व्यवहार गरेको मिरूनाले आरोप लगाएकी थिइन्। उनले तामाङलाई थप्पड समेत हानेकी थिइन्।

उक्त घटनाका भिडिओहरू सामाजिक सञ्जालमा आएपछि तामाङमाथि गलत आरोप लगाएको भन्दै विरोध भएको थियो।मंगलबार काठमाडौंको चाबाहिलस्थित केएल टावरमा तामाङ पक्षधरले विरोध प्रदर्शनसमेत गरेका थिए। भिक्षुसमेत रहेका तामाङलाई निस्शर्त रिहा गर्नुपर्ने र मिरूनाले माफी माग्नुपर्ने उनीहरूको माग थियो।

 

leave a reply

Techie