पल शाहको थुनछेक सुनुवाइ स्थगित

काठमाडौ । नाबालिग बलात्कारको अभियोगमा पुर्पक्षका लाथि थुनामा पठाइएका अभिनेता पल शाहको थुनछेक सुनुवाइ स्थगित भएको छ । निवेदक पल शाहकै कानुन व्यवसायीले आजका लागि तय गरिएको थुनछेक सुनुवाइ स्थगित गर्न निवेदन दिएपछि सुनुवाई स्थगित भएको हो । एक नाबालिगलाई बलात्कार गरेको अभियोगमा तनहुँ जिल्ला अदालत र नवलपुर जिल्ला अदालतले तत्काल प्राप्त प्रमाणबाट कसूरदार होइनन् भन्न नसकिने भन्दै शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । दुवै जिल्ला अदालतको आदेशविरुद्ध शाहले उच्च अदाल पोखरामा पुनरावेदन दिएका थिए । उच्च अदालतले यसअघि दुवै जिल्ला अदालतबाट कैफियत प्रतिवेदन माग गर्ने आदेश दिएको थियो । दुवै जिल्ला अदालतबाट कैफियत प्रतिवेदनसहितको मिसिल आइसकेपछि उच्च अदालत पोखराले बिहीबारका लागि उक्त निवेदन दैनिक पेसी सूचीमा राखेको थियो । तर तयारी नपुगेको भन्दै निवेदककै तर्फबाट आजको पेसी स्थगित गराइएको हो । अब निवेदन उपर अर्को सुनुवाइका लागि मिति तोकिने छ ।

leave a reply

Techie