सरकारको नीति तथा कार्यक्रम जनता अल्मल्याउने गन्तव्यबिहिन: ओली

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम गन्तव्यबिहिन र जनता अल्मल्याउने कुरा मात्र राखिएको दाबी गरे । उनले नीति तथा कार्यक्रम अनुसार नै आगामी आर्थिक बर्षको बजेट आए मुलुकको आर्थिक क्षेत्र थप संकटमा पुग्ने बताए ।
अध्यक्ष ओलीले अमेरिकी उपविदेशमन्त्री उज्रा जियाको भ्रमणका क्रममा सरकारले असंलग्न परराष्ट्र नीति उल्लंघन गरेको आरोप पनि लगाए । उनले नेपाल एक चीन नीतिमा छ कि छैन भन्ने बिषयमा प्रधानमन्त्रीले स्पष्ट जवाफ दिनुपर्ने बताए ।
ओलीले निर्वाचन सम्पन्न हुनेबितिकै मूल्यवृद्धि गरेर सरकारले जनतालाई धोका दिएको बताए । वर्तमान सरकार बनेपछि मुल्यबृद्धिले नकारात्मक कीर्तिमान कायम गरेको उनको भनाइ छ ।।

leave a reply

Techie