फोर्ब्सको प्रभावशाली युवा सूचीमा ५ जना नेपाली

काठमाडौ । अमेरिकी म्यागेजिन फोर्ब्सले ले यो वर्ष सार्वजनिक गरेको ‘३० अन्डर ३० एसिया’मा अर्थात् ३० वर्ष मुनिका ३० जना प्रभावशाली एसियाली युवाहरूको सूचीमा नेपालबाट पाँच जना छानिएका छन्।

बुधबार सार्वजनिक उक्त सूचीमा इनग्रेल नेपालका सह-संस्थापक २९ वर्षीय सुजित पाठक, नासा गोडार्ड स्पेस फ्लाइट सेन्टरका प्रयोगात्मक एस्ट्रोफिजिसिस्ट र पोस्टडक्टरल २७ वर्षीय सुमित दाहाल, पुतली नेपालकी संस्थापक बोर्ड अध्यक्ष ऐश्वर्या रानी सिं‍ह, अफरिङ ह्यापिनेसका सह(संस्थापकहरू निरज काफ्ले र सन्तोष पाण्डे परेका हुन्।

फोर्ब्सका अनुसार यस वर्षको सूचीमा चार हजारभन्दा बढी उम्मेदवारहरूले आवेदन दिएका थिए। यसबाट जम्मा तीन सय जना छनौट गरिएको थियो। र, सोही तीन सय जनाबाट ३० वर्ष मुनिका ३० जना उद्यमी, सामाजिक काममा सक्रिय, नेतृत्वदायी र समाजमा सकारात्मक भूमिका निर्वाह गरेका युवाहरू फोर्ब्सको’३० अन्डर ३० एसिया’मा चुनिएका हुन्।

यस पटक फोर्ब्सले छनौट गरेको पहिलो ३०० जनाको सूचीमा दक्षिणपूर्व एसियाबाट बढी स्टार्टअप, समाजसेवी लगायत उद्यमी परेको फोर्ब्सले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ।

leave a reply

Techie