निर्वाचन धाँधलीरहित भएन, भोट पाउन मतदाताको हत्या गरियो: ओली

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले स्थानीय तहको चुनाव स्वच्छ, निष्पक्ष र धाँधलीरहित वातावरणमा गराउन नसकेको आरोप लगाएका छन् । आज संसदमा सरकारको नीति तथा कार्यक्रममाथि आफ्ना धारणा राख्दै अध्यक्ष ओलीले सरकारले निर्वाचनमा भोट पाउन मतदाताको हत्या गरिएको आरोप लगाएका हुन । अध्यक्ष ओलीले रुकुम पश्चिममा निर्वाचनमा भोट पाउन, मतदाताको हत्या गरिएको आरोप समेत लगाए । यसबाहेक मतदातालाई छेक्ने, थुन्ने, भयभीत बनाउने काम भएको उनको आरोप छ । उनले चुनाव सकिएको १४ दिन भइसक्दा पनि अझै मतगणना नसकिनुले नै चुनावमा धाँधली भएको प्रस्ट हुने दावी गरे । अध्यक्ष ओलीले निर्वाचन सार्ने प्रयासका बाबजुद एमालेको तीव्र दबाबले निर्वाचन भएको पनि उल्लेख गरे ।

leave a reply

Techie