७४९ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक, बुढीगंगामा अझै मतगणना सुरू भएन

काठमाडौ । स्थानीय तह निर्वाचन अन्र्तगत हालसम्म ७ सय ४९ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । काठमाडौं महानगरपालिकासहित चार पालिकाको अन्तिम परिणाम आउन बाँकी छ । अहिलेसम्म घोषित परिणाम अनुसार नेपाली कांग्रेस ३ सय २७ प्रमुख तथा अध्यक्ष र ३ सय उपप्रमुख तथा उपाध्यक्ष जितेर पहिलो नम्बरमा छ । दोस्रो स्थानको नेकपा एमालेले २ सय पाँच प्रमुख तथा अध्यक्ष र २ सय ३७ उपप्रमुख तथा उपाध्यक्ष जितेको छ । तेस्रो स्थानको माओवादीले १ सय २१ प्रमुख तथा अध्यक्ष र १ सय २६ उपप्रमुख तथा उपाध्यक्ष जितेको छ । अब आउन बाँकी रहेको पालिकामा प्रदेश एकको उदयपुरको त्रियुगा नगरपालिकामा कांग्रेस अगाडि छ । यस्तै बागमती प्रदेशको काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिइरहेका छन । लुम्बिनीबाट रूपन्देहीको तिलोत्तमाको नगरप्रमुखमा पनि कांग्रेस अगाडि छ । सुदूर पश्चिम प्रदेशबाट बाजुराको बुढीगंगाको अन्तिम परिणाम आउन बाँकी छ । यहाँ विवादका कारण अझै मतगणना सुरू हुन सकेको छैन ।

leave a reply

Techie