भोटो जात्रा जेठ २१ गते हुने, मछिन्द्रनाथको रथ जावलाखेल पु¥याइने साइत १८ गते

काठमाडौ । बर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको रथयात्रा अन्र्तयत यो बर्षको भोटो देखाउने जात्रा जेठ एक्काईस गते शनिवार हुने भएको छ । आज विहान ज्योतिषहरुले लगनखेलमा रहेको जावलाखेल लैजाने साइत निकालेका हुन । ज्योतिषीहरुले निकालेको साइत अनुसार आगामी जेठ १८ गते बुधबार ललितपुरको लगनखेलबाट तानेर जावलाखेल पु¥याइने छ ।
रथ जावलाखेल लगेको चौथो दिन राष्ट्रप्रमुखलाई भोटो देखाएपछि मात्र जात्रा समाप्त हुने परम्परा छ । भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङ्मती पुर्याउनुपर्ने परम्परा रहिआएको छ । छ महिनासम्म बुङ्मतीमा रथ राखेपछि साइत हेरेर पाटन मच्छिन्द्रबहालमा ल्याइन्छ । करिब सो¥ह सय वर्ष अघि सुरु भएको मछिन्द्रनाथको रथ जात्रा वैशाख शुक्ल प्रतिपदामा सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना चल्छ । नेपालको सबैभन्दा लामो जात्राको रुपमा परिचित मछिन्द्रनाथको रथ पुल्चोकबाट तान्न सुरू भएको थियो । मछिन्द्रनाथ जात्रालाई सहकालका देवताका रुपमा हिन्दू धर्मवलम्बी र बौद्ध धर्मालम्बीले पनि मनाउँछन् ।

leave a reply

Techie