टेक्सासका किशोरले बन्दुक आक्रमण गर्ने योजना फेसबुकमा पोष्ट गरेको खुलासा

  आक्रमणको कारण भने अझै अज्ञात

एजेन्सी । अमेरिकाको टेक्सासस्थित प्राथमिक विद्यालयमा २१ जनाको ज्यान लिने गरी आक्रमण गरेका बन्दुकधारीले हमला गर्नुअघि सामाजिक सञ्जालमा त्यसबारे जानकारी दिएको पाइएको छ । टेक्सासका गभर्नर ग्रेग याबटले १९ जना बालबालिका र दुईजना शिक्षकलाई गोली प्रहार गर्नुअघि आक्रमणकारीले तीन वटा चेतावनी फेसबुकमा पोस्ट गरेको जानकारी दिएका हुन । सुरुमा उनले आफ्नै हजुरआमालाई गोली हान्ने पोष्ट गरेका थिए । त्यसपछि उनले एउटा एलिमेन्ट्री विद्यालयमा ’आक्रमण गर्न लागेको’ घोषणा गरेका थिए । ति सन्देश बन्दुकधारी विद्यालय पुग्नुभन्दा १५ मिनेटअघि मात्रै पोस्ट गरिएको पाईएको टेक्सास प्रहरीले जनाएको छ । फेसबुक सञ्चालक कम्पनी मेटाले १८ वर्षीय सन्दिग्धले लेखेका कुरा सीमित मानिसले हेर्न सक्नेगरी पोस्ट भएको जानकारी दिएको छ । बन्दुकधारी किशोरले टेक्सास एलिमेन्ट्री स्कूलको एउटै कक्षा कोठामा १९ जना बालबालिका अनि दुई शिक्षकको गोली हानी हत्या गरेका थिए । सुरक्षा कारवाहीमा उनको समेत मृत्यु भएको थियो । आक्रमणको कारण भने अझै अज्ञात छ ।

विद्यार्थी पक्राउ

अमेरिकाको टेक्सासमा एक विद्यार्थी बन्दुकसहित पक्राउ परेका छन् । दुईवटा पेस्तोल सहित टेक्सासको बर्कनर विद्यालय अगाडिवाट विद्यार्थी पक्राउ परेका हुन । उनको साथवाट एके फोर्टी सेभेन र ‘रिप्लीका एआर फिप्टिन पेस्तोल बरामद भएको छ । दुई दिनअघि अठार विद्यार्थीको हत्या भएको विद्यालयभन्दा ३ सय ५० माइल पर ति विद्यार्थी पक्राउ परेका हुन । उनी चढेको कारमा अवैध बन्दुक फेला परेपछि उनलाई गैरकानुनी रुपमा हतियार बोकेको आरोपमा छानविन अघि बढाइएको टेक्सास प्रहरीले जनाएको छ । विद्यार्थीको उमेरहदका कारण सबै जानकारी प्रहरीले सार्वजनिक गरेको छैन । यो घटना उभाल्दे विद्यालयमा १८ विद्यार्थीको गोली प्रहारबाट मृत्यु भएको दोस्रो दिनमा भएको हो । अमेरिकाका विद्यालयमा बारम्बार गोलीकाण्ड हुने गरेका छन् । गत वर्ष मात्रै त्यहाँका विद्यालयमा बन्दुक आक्रमणका २६ घटना भएका थिए । सन् २०२० मा अमेरिकामा कार दुर्घटना भन्दा बढी मानिसको बन्दुक आक्रमणमा परेर मृत्यु भएको थियो । दश दिनअघि मात्रै न्यूयोर्क राज्यमा भएको आक्रमणमा १० जनाको मृत्यु भएको थियो ।

leave a reply

Techie