७ सय ४६ स्थानीय तहको मतपरिणाम सार्वजनिक, काठमाडौमा बालेनको जित सुनिश्चित

काठमाडौ । स्थानीय तह निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । अब ७५३ स्थानीय तह मध्ये १ महानगरपालिकासहित ७ पालिकाको अन्तिम परिणाम मात्रै आउन बाँकी रहेको छ । पछिल्लो परिणाम अनुसार दाङको तुल्सीपुर उपमहानगरपालिकाको प्रमुखमा एमालेका टीकाराम खड्का विजयी भएका छन् । खड्का ३१ हजार ४ सय ५ मत प्राप्त गरी निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गेहेन्द्र गिरीले २७ हजार ७ सय १७ मत प्राप्त गरेका छन् । तुल्सीपुरको उपप्रमुखमा पनि एमालेकी स्यानी चौधरी विजयी भएकी छन् । चौधरीले ३० हजार ५ सय ९७ र उनका निकटतम प्रतिद्वन्द्वी एसमाजवादीका जोगबहादुर रानामगरले २१ हजार ६५ मत प्राप्त गरे । उदयपुरको कटारी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजेशचन्द्र श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठ ६ हजार ४ सय १७ मत प्राप्त गरी निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद बरालले ५ हजार ९ सय ५२ मत प्राप्त गरे । कटारीको उपप्रमुखमा भने एमालेकी गीता खड्का विजयी भएकी छन् । खड्काले ६ हजार ४ सय १३ मत र निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका विनोदकुमार कटुवाललाई ३८२१ मत प्राप्त गरे । अब काठमाडौं महानगरपालिका, उदयपुरको त्रियुगा नगरपालिका, रौतहटको गरुडा र फतुवा विजयपुर, रुपन्देहीको तिलोत्तमा नगरपालिका, कपिलवस्तुको महाराजगन्ज नगरपालिका र बाजुराको बूढीगंगा नगरपालिकाको अन्तिम परिणाम आउन बाँकी छ । हालसम्म सार्वजनिक परिणाम अनुसार सबैभन्दा धेरै नेपाली कांग्रेसले ३२६ स्थानीय तह जितेको छ । दोस्रोमा रहेको एमालेले २०४ र तेस्रोमा रहेको माओवादी केन्द्रले १ सय २१ पालिकामा जित निकालेको छ । स्वतन्त्र र अन्य दलका उम्मेदवारले ३०, जनता समाजवादी पार्टीले ३०, नेकपा एकीकृत समाजवादी पार्टीले १९ र लोकतान्त्रिक समाजवादी पार्टीले १६ स्थानीय तहको प्रमुख पदमा जित हासिल गरेका छन् ।

बालेन भनाइ

काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहको जित सुनिश्चित भएको छ । उनले अग्रता लिएको भन्दा गणना गर्न बाँकी मत कम भएपछि बालेनको जित सुनिश्चित भएको हो । फेसबुकमा लामो स्टाटस लेख्दै बालेनले आफ्ना मतदाता, समर्थक र निर्वाचनमा सामेल भएका सबैलाई धन्यवाद पनि दिएका छन । उनले मतदाताहरूले आफूलाई काठमाडौं महानगरको जिम्मेवारी बोक्न योग्य भएको भन्दै विश्वास गरेको बताएका छन् । उनले विश्वासमा कसैको जित वा हार नहुने भन्दै विजय जुलुस निकालेर अरूलाई पराजित भन्ने संकेत नगर्न पनि अनुरोध गरेका छन । त्यसको सट्टामा आफूहरू भएकै ठाउँमा धन्यवाद ¥याली गर्न उनले अनुरोध पनि गरेका छन ।

leave a reply

Techie