एएफसी यु–१७ एशियन कप छनोटको खेल तालिका सार्वजनिक

काठमाडौ । बहराइनमा आयोजना हुने एएफसी यु–१७ एशियन कप छनोट खेलका लागि मंगलवार एएफसीले तालिका सार्वजनिक गरेको छ । एएफसीले मंगलवार सार्वजनिक गरेको तालिका अनुसार नेपाल समूह एफमा परेको छ । चार टोली रहेको समूहमा नेपालसहित थाइल्याण्ड, भियतनामा र चाइनिज ताईपेइ रहेका छन् । एएफसीले जारी गरेको तालिका अनुसार नेपाल सम्मिलित समूहका छनोट खेल भियतनाममा अक्टोबर १ देखि ९ सम्म हुने तालिका छ । सिंगल राउण्ड रोबिनको आधारमा हुने खेलको समूह विजेताले बहराइनमा आयोजना हुने एशियन कपमा स्थान बनाउने छन । एएफसीले छनोट खेल्न लागेका एशियाली ४४ राष्ट्रलाई १० समूहमा विभाजन गरेर मंगलवार तालिका सार्वजनिक गरेको हो । १० समूह अन्तर्गत समूह डीसम्म पाँच टोली रहेका छन् । यस्तै अन्य समूहमा चार टोली समावेश गरिएको छ । एशियाली पावर हाउस समूह ए मा अटाएको छ भने छिमेकी भारत समूह डीमा समावेश छ । सँगै अर्को दक्षिण एशियाली राष्ट्र माल्दिभ्स पनि समूह डीमा नै रहेको छ । यस्तै भुटान र बंगलादेश समूह ईमा छन् भने श्रीलंका समूह जेमा समावेश छ । हरेक समूहको विजेताले बहराइनको यात्रा तय गर्नेछ । यस्तै समूहको दोस्रो हुने उत्कृष्ट ५ टोलीले समेत एशियन कप खेल्नेछ । एएफसी यु–१७ एसियन कपमा १६ टोलीले प्रतिष्पर्धा गर्नेछन् ।

leave a reply

Techie