सरकारले आगामी बर्षको नीति तथा कार्यक्रम आज सार्वजनिक गर्दै

आन्तरिक उत्पादन वृद्धि र आयात प्रतिस्थापन प्राथमिकतामा

काठमाडौ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८०को नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । सरकारका तर्फबाट आज अपरान्ह चार बजे राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेकी हुन । नीति तथा कार्यक्रम आन्तरिक उत्पादन वृद्धि, आयात प्रतिस्थापन, चुनावमुखी लोकप्रिय कार्यक्रमलागयमा केन्द्रत हुने बताइएको छ । नीति तथा कार्यक्रममा आर्थिक विकास, कोरोनापछिको पुनरुत्थान, ऊर्जा क्षेत्रको दीर्घकालीन विकास तथा कृषि, रोजगारीको विस्तार एवं अन्य आर्थिक सामाजिक उन्नयनका कार्यक्रम समेत समेटिएका छन । सरकारले नीति तथा कार्यक्रमका आधारमा जेठ १५ गते बजेट वक्तव्य सार्वजनिक गर्नेछ । चालु आर्थिक बर्षमा तत्कालीन प्रधानमन्त्री केपी ओलीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेका कारण सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत हुन सकेको थिएन ।

leave a reply

Techie