काठमाडौ । धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी निर्वाचित भएका छन् । सुडी १३ हजार ४६५ मत ल्याएर प्रमुखमा निर्वाचित हुँदा उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार शिवशंकर साहले ९ हजार ५३२ मत प्राप्त गरे ।
त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका किशोरी साह निर्वाचित भएका छन् । साहले १५ हजार ५२५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिष्पर्धी एमाले उम्मेदवार रुणादेवी झाले १० हजार ८८५ मत प्राप्त गरे ।