निर्वाचनको नतिजा अन्तिमा चरणमा, भरतपुरमा रेनु र वीरगंजमा राजेश जित नजिक

काठमाडौंमा बालेन र पोखरामा आचार्यको अग्रता कायमै

काठमाडौ । स्थानीय निर्वाचन अन्तर्गंत अहिलेसम्म ७ सय २९ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ । २ सय ६९ नगरपालिका र ४ सय ५८ वटा गाउँपालिका गरी ७ सय २७ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेसले ३ सय २१ वटा स्थानीय तहको प्रमुख पद जितेको छ । यस्तै कांग्रेसले २ सय ९३ वटा पालिकाको उपप्रमुख तथा उपाध्यक्ष पद जितेको छ । नेकपा एमालेले नगरपालिका र गाउँपालिका गरी १ सय ९७ वटा पालिकाको प्रमुख र २ सय २५ वटा पालिकाको उप–प्रमुख पदमा जित हासिल गरेको छ । नेकपा माओवादी केन्द्रले १ सय २० वटा पालिकाको प्रमुख तथा १ सय २८ वटा पालिकाको उपप्रमुख पद जितेको छ । जनता समाजवादी पार्टीले २९ वटा पालिकाको प्रमुख र ३० वटा पालिकाको उपप्रमुख पद जितेको छ । यस्तै, नेकपा एकीकृत समाजवादीले १७ वटा पालिकाको प्रमुख र २१ वटा पालिकामा उपप्रमुख पद जितेको छ । लोकतान्त्रिक समाजवादी पार्टीले १४ वटा पालिकाको प्रमुख र १० वटा पालिकाको उपप्रमुख पद जितेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले ४ वटा पालिकामा प्रमुख र ४ वटै पालिकामा उपप्रमुख पद जितेको छ । राष्ट्रिय जनमोर्चाले ४ वटा पालिकाको प्रमुख र २ वटा पालिकाको उपप्रमुख पद जितेको छ । नागरिक उन्मुक्ति पार्टीले ४ वटा पालिकाको प्रमुख र ३ वटा पालिकाको उपप्रमुख पद जितेको छ । जनमत पार्टीले २ वटा पालिकाको प्रमुख र १ पालिकाको उपप्रमुख पद जितेको छ । नेपाल मजदुर किसान पार्टीले १ नगरपालिकाको मेयर र उपमेयर जितेको छ । विवेकशील साझाले १ पालिकामा प्रमुख र उपप्रमुख पद जितेको छ । जनप्रगतिशील पार्टीले १ पालिकाको प्रमुख र १ पालिकाको उपप्रमुख पद जितेको छ । यस्तै, स्वतन्त्र उम्मेदवारले १२ वटा पालिकाको प्रमुख र ५ वटा पालिकाको उपप्रमुख पद जितेका छन् । निर्वाचन आयोगमा दर्ता भएका ७९ वटा दलमध्ये पालिका चुनाव २०७९ मा १३ वटा दलले पालिकाको प्रमुख र उपप्रमुख पद जितेर अस्तित्वमा आएका छन् ।

रेणु जित नजिक

चितवनको भरतपुर महानगरपालिकामा मतगणना अन्तिम चरणमा पुग्दै गर्दा पाँच दलिय गठबन्धनका साझा उमेद्वारहरु प्रमुख, उपप्रमुख पदमा बिजय नजिक पुगेका छन् । १ लाख २७ हजार ८ सय ३९ मत खसेकोमा नेकपा माओवादी केन्द्रका प्रमुख पदका उम्मेदवार रेनु दाहालले करिव ४५ हजार ८ सय ८७ मत प्राप्त गरिसकेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमाले, राप्रपा तालमेलका उमेद्वार बिजय सुवेदीले ३४ हजार ९ सय ९३ मत प्राप्त गरेका छन् । १० हजारको मतान्तर रहेकाले रेनु दाहालको जित सुनिश्चित जस्तै भएको हो । त्यस्तै उपप्रमुख पदका गठबन्धन तर्फका उमेद्वार नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ४४ हजार भन्दा बढि मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी हिमला गुरुङले करिव २७ हजार मत पाएकी छन् । उपप्रमुख चित्रसेन र हिमलाको मतको अन्तर १८ हजार भन्दा बढी छ । भरतपुरमा यसअघि गणना भइसकेका वडाहरुमा १४ वडामा कांगेस, पाँच वडामा एमाले, तीन वडामा एकीकृत समाजबादी र दुई वडामा माओबादीले अध्यक्ष जितेका छन् ।।

leave a reply

Techie