धनगढीमा स्वतन्त्र उम्मेदवार हमालको जित निश्चित

काठमाडौ । धनगढी उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमालको जित निश्चित भएको छ । पछिल्लो मतपरिणाम अनुसार ७ हजार ४ सय ८९ मत मात्रै गन्न बाँकी रहदा हमालले ११ हजार ७ सय ५८ मतको अग्रता लिएका छन् ।

६३ हजार ७१५ मत खसेको धनगढीमा ५६२२६ मत गन्दा हमालले २४५२९ मत पाएका छन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नृपबहादुर वडले १२७७१ मत प्राप्त गरेका छन् । भने नेकपा एमालेका उम्मेदवार रणबहादुर चन्दले ७३८६ मत प्राप्त गरेका छन् ।

leave a reply

Techie