धरान प्रमुखमा स्वतन्त्र उम्मेदवार हर्कराजको अग्रता

काठमाडौ । धरान उपमहानगरपालिका प्रमुखका स्वतन्त्र उम्मेदवार हर्कराज साम्पाङले सत्ता गठबन्धनबाट कांग्रेसका उम्मेदवार किशोर राईसँगको मतान्तर फराकिलो पार्दै लगेका छन्।

पछिल्लो मतपरिणामअनुसार हर्कराजले १६ हजार २६ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका सत्ता गठबन्धनका उम्मेदवार राईले १३ हजार १२८ मत ल्याएका छन् । निवर्तमान उपमेयरसमेत रहेकी एमालेकी मन्जु भण्डारीले १० हजार ६५२ मत ल्याएकी छन्।

धरानमा ६२ हजार ८ सय ९७ मत खसेको छ ।

leave a reply

Techie