बुटवल उपमहानगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले निर्वाचित

काठमाडौ । बुटवल उपमहानगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्‍डेय निर्वाचित भएका छन् । पाण्‍डेयले ३०,१३० मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा(एमाले)का उम्मेदवार बाबुराम भट्टराईले २२,५९७ मत प्राप्त गरे।

यस्तै उपप्रमुखमा नेकपा (एमाले)की उम्मेदवार सावित्रादेवी अर्याल निर्वाचित भएकी छिन् । उनले २४,९०४ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार चीनबहादुर गुरुङले १६,९८० मत प्राप्त गरे।

leave a reply

Techie