६९३ पालिकाको मतपरिणाम सार्वजनिक : कांग्रेस ३०५, एमाले १८७ र माओवादी १२०

काठमाडौ । स्थानीय तह निर्वाचन अन्तर्गत ७ सय ५३ पालिकामध्ये हालसम्म ६ सय ९३ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । सबैभन्दा बढी नेपाली कांग्रेसले १ महानगरपालिका, १२० नगरपालिका र १८४ गाउँपालिका गरी ३०५ स्थानीय तहमा जित हासिल गरेको छ । यस्तै नेकपा एमालेले २ उपमहानगरपालिका, ६४ नगरपालिका र १२१ गाउँपालिका गरी १८७ स्थानीय तहको प्रमुख जितेको छ । यसैगरी, नेकपा माओवादी केन्द्रले १ उपमहानगर, २३ नगरपालिका र ९६ गाउँपालिकासहित १२० स्थानीय तहमा जित हासिल गर्दा नेकपा एकीकृत समाजवादीले १ उपमहानगरपालिका, ८ नगरपालिका र ८ गाउँपालिका गरी १७ स्थानीय तहमा जित निकालेको छ । जनता समाजवादी पार्टीले ७ नगरपालिका र १९ गाउँपालिका गरी २६ स्थानीय तह जित्दा लोकतान्त्रिक समाजवादी पार्टीले ५ नगरपालिका र ४ गाउँपालिका गरी ९ स्थानीय तहमा जित हासिल गरेको छ । यस्तै, राप्रपाले ३ नगरपालिका र १ गाउँपालिका गरी ४ र स्वतन्त्र तथा अन्य दलका उम्मेदवारले ११ नगरपालिका र १५ गाउँपालिका गरी २६ स्थानीय तहमा विजयी हासिल गरेका छन् ।

leave a reply

Techie