काठमाडौं उपत्यकाका पालिकाहरुको मत परिणाम: कस्ले कहाँ बाजी मारे ?

काठमाडौ । काठमाडौं उपत्यकाका तीन जिल्लाका २१ पालिकामध्ये १९ को अन्तिम मतपरिणाम आएको छ। काठमाडौंका १० नगरपालिका र १ महानगरपालिका, भक्तपुरका चार नगरपालिका र ललितपुरका १ महानगरसहित २ नगरपालिका र तीन गाउँपालिकामध्ये अब काठमाडौं र ललितपु महानगरको मात्रै नतिजा आउन बाँकी छ।

उपत्यकाका १६ नगरपालिका र तीन गाउँपालिकाको मतपरिणाम आउँदा कांग्रेसले अग्ता बढाउदा लगेको छ । एमालेले १० नगरपालिकामध्ये २ मात्रै प्रमुख जितेको छ। काठमाडौं महानगरमा पनि उसका उम्मेदवार दोस्रो स्थानमा छन्। उपप्रमुखमा भने एमाले उम्मेदवार निकै अघि छन्।
दक्षिणकाली नगरपालिकामा प्रमुख र उपप्रमुख दुबै कांग्रेसले जितेको छ।कीर्तिपुरमा प्रमुखकांग्रेसले जितेको छ भने उपप्रमुख पनि रूख चिन्हबाट चुनाव लडेकी जसपाकी शुभलक्ष्मी शाक्यले जितेकी छन्।चन्द्रागिरीको प्रमुख कांग्रेसले जितेको छ भने उपप्रमुखमा एमाले विजयी भएको छ।नागार्जुनमा प्रमुख कांग्रेसले जितेको छ भने उपप्रमुखमा एमाले विजयी भएको छ।तारकेश्वरको प्रमुख र उपप्रमुख दुबै कांग्रेसले जितेको छ।टोखामा प्रमुख एमालेले जितेको छ भने उपप्रमुखमा कांग्रेस विजयी भएको छ।बुढानिलकण्ठको प्रमुख र उपप्रमुख दुबै एमालेले जितेको छ।गोकर्णेश्वरमा प्रमुख कांग्रेसले जितेको छ भने उपप्रमुखमा एमाले विजयी भएको छ।कागेश्वरी मनोहरामा प्रमुख कांग्रेसले जितेको छ भने उपप्रमुखमा एमाले विजयी भएको छ।शंखरापुरको प्रमुख राप्रपाले जितेको छ भने कांग्रेस उपप्रमुखमा विजयी भएको छ।

ललितपुरको महालक्ष्मी नगरपालिकामा प्रमुख एमाले र उपप्रमुख कांग्रेसले जितेका छन्।गोदावरी नगरपालिकाको प्रमुख र उपप्रमुख दुबै कांग्रेसले जितेको छ।कोन्ज्योसोम गाउँपालिकाको अध्यक्ष एमालेले र उपाध्यक्ष कांग्रेसले जितेका छन्।महांकाल नगरपालिकामा कांग्रेसले प्रमुख र माओवादी केन्द्रले उपप्रमुख जितेका छन्।बागमती गाउँपालिकामा कांग्रेसले अध्यक्ष र माओवादी केन्द्रले उपाध्यक्ष जितेका छन्।

भक्तपुर नगरपालिकाको प्रमुख र उपप्रमुख दुबै नेपाल मजदुर किसान पार्टीले जितेको छ।सूर्यविनायक नगरपालिकामा प्रमुख र उपप्रमुख दुबै एमालेले जितेको छ। मध्यपुर थिमीमा कांग्रेसले प्रमुख र माओवादी केन्द्रले उपप्रमुख जितेका छन्। चाँगुनारायणको प्रमुख कांग्रेसले जितेको छ भने उपप्रमुखमा एमाले विजयी भएको छ।

leave a reply

Techie