महालक्ष्मी नगर प्रमुखमा एमाले र उप्रमुखमा कांग्रेस निर्वाचित

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिकाको प्रमुखमा नेकपा एमाले निर्वाचित भएको छ । प्रमुखमा एमालेका हरि गोविन्द श्रेष्ठले ९ हजार ३५० मतसहित निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका शिवप्रसाद कट्टेलले ५ हजार ६५८ मत प्राप्त गरे ।

त्यस्तै उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । उपप्रमुखमा कांग्रेसकी उम्मेदवार लक्ष्मी महर्जन ९ हजार ५९१ मतसहितनिर्वाचित हुँदा नेकपा एमालेकी उम्मेदवार विणा सुवेदीले ८ हजार ६८३ मत प्राप्त गरिन् ।

leave a reply

Techie