काठमाडौ । स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेले ७५३ मध्ये २९४ स्थानीय तह जितेको थियो । यस पटकको निर्वाचनमा नेपाली काँग्रेसले एमालेको पुरानो रेकर्ड ब्रेक गर्दै सवै स्थानीय तहको मत गणना नसक्दै २९६ स्थानीय तह जित्दै अग्रता कायम गरेको छ । पछिल्लो मतपरिणाम अनुसार कांग्रेसले नगरपालिका तथा उपमहानगर पालिका प्रमुखमा ११२ र गाउँपालिका अध्यक्षमा १८४ पद जितेको हो ।
२०७४ को स्थानीय तह निर्वाचनमा काँग्रेसले २६७ स्थानीय तहमात्र जितेको थियो । त्यस्तै नेकपा माओवादीले १०६ जितेको थियो । यसपटक माओवादी केन्द्रले पनि विगतको तुलनामा बढी स्थानीय तह अहिले नै जितिसकेको छ ।
स्थानीय तह निर्वाचनक हालसम्मको मतपरिणाम: