आन्दोलनरत् खेलाडीलाई बाहिर राखेर एसियन कप छनोट खेल्ने फुटबल टोलीको घोषणा

काठमाडौ । नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले कुवेतमा हुने एएफसी एसियन कप २०२३ छनोटका लागि २३ सदस्यीय नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरेका छ ।आन्दोलनरत् खेलाडीलाई बाहिर राखेर अल्मुताइरीले शुक्रबार एसिएन कप खेल्ने टिम घोषणा गरेका हुन् ।

वैशाख १२ गते प्रशिक्षक अल्मुताइरीको निर्देशनमा खेलाडीहरुले बन्द प्रशिक्षण छाड्नुपरेको बताउँदै आएका छन् । यस घटनाबारे अखिल नेपाल फुटबल संघ एन्फाले गठन गरेको तीन सदस्यीय छानविन समितिले आफ्नो प्रतिवेदन बुझाइसके पनि एन्फाले अहिलेसम्म प्रतिवेदन सार्वजनिक गरेको छैन ।

प्रशिक्षकसँग विवादमा परेका राष्ट्रिय टोलीका कप्तान किरणकुमार लिम्बु, सुजल श्रेष्ठ, रोहित चन्द, अनन्त तामाङ, अन्जन विष्ट, तेज तामाङ, सुमन लामा, विशाल राई, विमल घर्तीमगर, विशाल श्रेष्ठ आसन्न एसियन कप छनोट प्रतियोगिता खेल्ने टोलीमा अटाएका छैनन् ।

अल्मुताइरी शुक्रबार घोषणा गरेका टोलीमा गोलकिपरः दीप कार्की, विशाल सुनार, टिकेन्द्र सिंह थापा रहेका छन् । त्यस्तै डिफेन्डरमा विकास खवास, विकास तामाङ, गौतम श्रेष्ठ, राजन गुरुङ, शिव गुरुङ, सुमन अर्याल रहेका छन् भने मिडफिल्डरमा आकाश बुढा मगर, अरिक विष्ट, निरकुमार राई, पुजन उपरकोटी, रोशन राना मगर, सन्तोष तामाङ, सेसेहाङ आङ्देम्बे, सुनिल बल, सुरज जेउ ठकुरी रहेका छन् ।
टोलीको फरवार्डमा आयुष घलान, दर्शन गुरुङ, जर्ज प्रिन्स कार्की, मनिष डाँगी, नवयुग श्रेष्ठ प्रतियोगिता खेल्नेछन् ।
एएफसी एसियन कप २०२३ छनोटको समूह ‘ए’ मा नेपालले जोर्डन, कुवेत र इन्डोनेसियासँग खेल्दैछ । नेपालले आफ्नो पहिलो खेल जुन ८ मा जोर्डनसँग खेल्नेछ भने जुन ११ मा कुवेतसँग खेल्नेछ । अन्तिम खेल जुन १४ मा इन्डोनेसियासँग हुनेछ ।

leave a reply

Techie