दोहोरो अंकले घट्यो सेयर बजार, मौद्रिक नीतिको समिक्षा कुर्दै लगानीकर्ता

काठमाडौं। आज बिहीबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक दोहोरो अंकले घट्दा म्युचुअल फण्डबाहेक बाँकी सबै उपसमूह ओरालो लागेका छन्। नेपाल स्टक एक्सचेञ्जका अनुसार आज बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक २३ दशमलव ५१ अंकले घटेर २२५० दशमलव ९१ विन्दुमा झरेको छ। नेप्से १ दशमलव ०३ प्रतिशतले घटेको हो। यता सेन्सेटिभ परिसूचक पनि ३ दशमलव ८८ अंकले घटेर ४३७ दशमलव २१ विन्दुमा झरेको छ। कूल २१९ वटा कम्पनीको ३७ लाख ९८ हजार २ सय ६३ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ३० करोड ९ लाख ८१ हजार ९ सय ९६ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ। स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज म्युचुअल फण्डबाहेक सबै वटा उपसमूहको सेयर घटेको छ। त्यसैगरी, बिहीबार कारोबार रकममा प्रभु बैंकको संस्थापक सेयरले अग्रता कायम गरेको छ। कम्पनीको १२ करोड ८१ लाख ७९ हजार रूपैयाँ बराबरको कारोबार भएको छ। आज जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै नाफा कमाएका छन्।  यस दिन लुम्बिनी जनरल इन्स्योरेन्सको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ। कम्पनीको सेयरमूल्य ७ दशमलव ०८ प्रतिशतले घटेर ५ सय २५ रूपैयाँमा झरेको छ। यतिबेला लगानीकर्ताहरू मौद्रिक नीतिको समिक्षा र बजेट कुर्दै बसिरहेका छन्। मौद्रिक नीतिको समिक्षा र बजेटमा केही नीतिगत परिवर्तन हुनसक्ने कुराले अहिले लगानीकर्ताहरूले ठोस निर्णय लिन नसकेको अवस्था बजारमा देखिएको छ।

leave a reply

Techie