विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा अभिनेत्री सुरक्षा पन्त

काठमाडौं। अभिनेत्री सुरक्षा पन्त विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलको रेडकार्पेटमा वाक गर्ने पहिलो नेपाली अभिनेत्री बनेकी छन्। रातो गाउनमा सजिएकी सुरक्षा कान्स रेडकार्पेटमा आकर्षक देखिएकी थिइन्। कान्समा भाग लिनैको लागि सुरक्षा हिजो दिउँसो इटालीको रोम हुँदै फ्रान्स पुगेकी थिइन्। उनी अभिनित इटाली र बेल्जियमको फिल्म ‘द एइट् माउन्टेन्स’ गएराति प्रिमियर भएको छ। मुख्य प्रतिस्पर्धा पाम दे ओरमा स्क्रिनिङ हुने यो दोस्रो फिल्म हो। निर्देशकद्धय फेलिक्स भान ग्रोनिनगेन र चार्लोट्टी भन्डरमिर्ससहित कलाकार र क्रिउले प्रिमियरमा भाग लिएका थिए। नेपाल र इटालीका हिमालयमा छायांकन गरिएको फिल्ममा सुरक्षाको समेत मुख्य भूमिका छ। यसपटक कान्समा दुई इतिहास बनेका छन्। पहिलो, कान्समा छानिने पहिलो नेपाली फिल्म बनेको छ लोरी। दोस्रो, सुरक्षा कान्स रेडकार्पेटमा वाक गर्ने पहिलो नेपाली अभिनेत्री बनेकी छन्। १२ दिनसम्म चल्ने कान्समा यसपटक २५ फिल्म मुख्य विधामा प्रतिस्पर्धामा उत्रिएका छन्।

leave a reply

Techie