नेपाल टी ट्वान्टी लिगको घोषणा, प्रतियोगिता असोज ८ गतेदेखि शुरु

काठमाडौ । नेपाल क्रिकेट संघले फ्रेन्चाइज क्रिकेट प्रतियोगिता नेपाल टी–ट्वान्टी लिगको घोषणा गरेको छ । क्यानले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगको औपचारिक रुपमा घोषणा गरेको हो । नेपालको आधिकारिक टी–ट्वान्टी लिग रहेको प्रतियोगिता असोज ८ गतेबाट सुरु हुने क्यानले जनाएको छ । टियु क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताको फाइनल कात्तिक ५ गते हुनेछ । होम एण्ड अवेको आधारमा हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहने क्यानले जनाएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर जंग गहतराजले क्रिकेट खेलको बिकासका लागि पूर्वाधार निर्माणमा सरकारले कमी नगर्ने बताए ।
क्यानका अध्यक्ष चतुर बहादुर चन्दले क्यानलाई आर्थिक रुपमा बलियो बनाउनका लागि र पर्यटकीय र व्यवसायिक हिसाबबाट नेपाली क्रिकेटले फड्को मार्ने बताए ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपाल टी–ट्वान्टी क्रिकेट लिग सबैका लागि ठुलो उपलब्धि भएको बताए ।
कार्यक्रममा क्यानले सेभेन थ्री स्पोर्ट्ससँग ८ वर्षको सम्झौता गरेको छ । सम्झौता अनुसार सेभेन थ्री स्पोर्ट्सले क्यानलाई वार्षिक ३ करोड ३३ लाख नगद उपलब्ध गराउनेछ ।

leave a reply

Techie