साताको पहिलो कारोबार दिन नेप्सेसँगै घट्यो कारोबार रकम

काठमाडौं। साताको पहिलो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन साढे १८ अंक घटेर बन्द भएको नेप्से, यस दिन ८४ दशमलव ९० अंक घटेर २२६५ दशमलव ५२ विन्दुमा झरेको छ। त्यसैगरी, सेन्सेटिभ इण्डेक्स १४ दशमलव २७ अंक घटेको छ भने फ्लोट इण्डेक्स ५ दशमलव ८१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ४ दशमलव ७० अंक घटेको छ। नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। १ अर्ब ६४ करोड ४० लाख रुपैयाँ बराबरको ३५ लाख ९५ हजार कित्ता शेयर खरिदबिक्री भएको छ। जबकी अघिल्लो कारोबार दिन २ अर्बभन्दा बढीको शेयर किनबेच भएको थियो। नेप्से ओरालो लागेसँगै तीन स्टकको मूल्यमा नकारात्मक सर्किट लागेको छ। युनाइटेड इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र सूर्योदय वोमी लघुवित्तको शेयरमूल्य १० प्रतिशत घटेको छ। त्यसैगरी, बुद्धभूमि नेपाल हाइड्रोपावर, इमर्जिङ्ग नेपाल, दिव्यश्वरी हाइड्रोपावर, ग्रीन भेन्चर्स, लिबर्टी इनर्जि र युनिभर्सल पावर कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा भने यस दिन जाल्पा लघुवित्त शीर्ष स्थानमा रहेको छ। सोही लघुवित्तको ९ करोड ७९ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन अरुण भ्याली हाइड्रोपावर, सानिमा माइ हाइड्रोपावर र सूर्य लाइफ इन्स्योरेन्सको साढे ५ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। मंगलबार १३ वटै उपसमूहको परिसूचक घटेका छन् । जसमध्ये वित्त, जलविद्युत र अन्य उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी घटेका छन् भने विकास बैंक, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी घटेको छ। त्यसैगरी, यस दिन लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ भने व्यापार, लघुवित्त, उत्पादन तथा प्रशोधन, होटल तथा पर्यटन र बैंकिङ्ग उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

leave a reply

Techie