काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा आज मंगलबार एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ। स्टकका अनुसार नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १९ प्रतिशत बोनस बापतको ६४ लाख ४२ हजार ६ सय ८९ दशमलव ४९ कित्ता सेयर सूचिकृत भएको हो। नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको फागुन २९ गते, सम्पन्न भएको तेत्तीसौँ वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो।
नेप्सेमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनस सेयर सूचिकृत

Post navigation
Posted in: