३११० मतका साथ बालेन्द्र शाहको अग्रता झण्डै दोब्बर

काठमाडौँ — काठमाडौं महानगरपालिकामा स्वतन्त्रका प्रमुख उम्मेदवार वालेन्द्र साहले नेकपा एमालेका उम्मेदवार केशव स्थापितभन्दा १४६५ मतले अगाडि रहेका छन् । अहिलेसम्मको मत परिणामअनुसार साहले ३ हजार १ सय १० मतका साथ अग्रता कायम गरिरहेका छन् भने एमालेका उम्मेदवार केशव स्थापितले १ हजार ६ सय ४५ मतका साथ उनलाई पछ्याइरहेका छन् । त्यस्तै गठबन्धनतर्फबाट काठमाडौंको प्रमुखमा उम्मेदवारी दिएकी नेपाली कांग्रेसकी सिर्जना सिंह १ हजार ६ सय २ मतका साथ तेस्रो स्थानमा रहेकी छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का मदनदास श्रेष्ठले १ सय ६५ मत प्राप्त गरेका छन् ।
यसैगरी उपप्रमुखमा एमालेको तर्फबाट उम्मेदवारी दिएकी सुनिता डंगोलले २ हजार मतका साथ अग्रता लिएकी छन् भने गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५ सय ८० मतका साथ उनलाई पछ्याइरहेका छन् । यसैगरी राप्रपाकी बिनिता मगैया ५ सय १३ मतका साथ तेस्रो स्थानमा छिन् ।

leave a reply

Techie