काठमाडौ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ को मतगणना जारी रहँदा काँग्रेसको बागी उम्मेदवार मनोज साहले करिब तेब्बर मतान्तरले अग्रता कायम राखेका छन् ।
जनकपुरधाम उपमहानगर वडा १ को ११८० मतगणना हुँदा काँग्रेसका बागी मनोजले ४०६, नेकपा एमालेका शिवशङ्कर साह हिराले १५०, स्वतन्त्र उम्मेदवार बलराम महतोले ८७, स्वतन्त्र उम्मेदवार जानकीराम साहले ८२, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका मनोज चौधरीले ६८ मत ल्याएका छन् । पाँच दलीय गठबन्धनबाट उम्मेदवारी दिएका जसपा नेपालका लालकिशोर साह भने छैटौँ स्थानमा छन् ।
जनकपुरधाममा काँग्रेसका बागी उम्मेदवारको अग्रता कायमै
