काठमाडौ । चितवनको भरतपुर महानगरपालिका प्रमुखको मतगणनामा एमालेका विजय सुवेदीले पुनः अगाडी आएका छन् । वडा नं। १ को ४०० मत मत गणना गर्दा सुवेदीले माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाललाई उछिनेका हुन् ।
सुवेदीले १५० मत ल्याउँदा दाहालले १४० मत ल्याइन् । यस्तै, उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले १८० मत ल्याएका छन् भने राप्रपाकी हिमला गुरुङले १०६ मत ल्याइन्