मुस्ताङको घरपझोङ गापा अध्यक्षमा कांग्रेसका लालचन विजयी

काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार मोहनसिंह लालचन विजयी भएका छन् । एमालेका सञ्जयकुमार थकालीलाई २ मतको अन्तररले हराउँदै लालचन विजयी भएका हुन् ।

नेपाली कांग्रेसका उम्मेदवार लालचनले ७६० मत ल्याउँदा एमालेका थकालीले ७५८ मत मात्रै ल्याएका थिए । उपाध्यक्षमा कांग्रेसकी जमुना थापामगरले ६९३ मत पाएर जित हासिल गरिन् । उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी मिमकुमारी शेरचनले ६५८ मत पाइन् ।

leave a reply

Techie