वडाध्यक्षका उम्मेदवार प्रहरीको नियन्त्रणमा, उम्मेदवार नछुटेसम्म मतगणना नहुने

 काठमार्डौ। रुकुम पश्चिमको बाँफीकोट गाउँपालिकामा मतगणना सुरु हुन सकेको छैन। वडाध्यक्षका उम्मेदवार सवार गाडीको ठक्करबाट मतदाताको मृत्यु भएपछि उम्मेदवार जनककुमार बाँठा मगर प्रहरीको नियन्त्रणमा रहेका हुन्। प्रहरीको नियन्त्रणमा रहेको उम्मेदवार नछुटेसम्म मतगणना शुरु नहुने भएको छ। बाँफिकोट गाउँपालिका–७ मा नेपाली काँग्रेसका उम्मेदवार बाठामगर सवार लु ३ च ३३१० नम्बरको गाडीले ठक्कर दिँदा ७० बर्षीय प्रवीण खत्रीको शुक्रबार मृत्यु भएको थियो।

leave a reply

Techie