बैंक तथा वित्तीय संस्थाहरुमा पनि शनिबार र आइतबार सार्वजनिक विदा

काठमाडौं । जेठ एक गतेदेखि लागुहुने गरि बैंक तथा वित्तीय संस्थाहरुमा पनि शनिबार र आइतबार विदा हुने भएको छ । उक्त दिन बैंक तथा वित्तीय संस्था, पूर्वाधार विकास बैंक, क्लियरिङ हाउसलगायत संस्था बन्द गर्न परिपत्र गर्दै राष्ट्र बैंकले निर्देशन दिएको हो।

अब जेठदेखि सातामा पाँच दिन मात्र बैंकिङ कारोबार हुनेछ। आइतबार बिदा हुने भएपछि बाँकी सबै दिनको कार्यालय समय भने बढाइएको छ। जसअनुसार सोमबारदेखि मंगलबारसम्म बिहान ९ः३० देखि साँझ ५ः३० बजेसम्म कार्यालय समय हुनेछ। तर, कात्तिक १६ देखि माघ १५ सम्म भने कार्यालय समय बिहान ९ः३० देखि साँझ ४ः३० सम्म हुनेछ।

०७९ सालको लागि निर्धारण गरिएको दशैं र तिहारका सार्वजनिक विदा बाहेक अन्य विदा लगातार दुई दिनभन्दा बढी भएमा तेस्रो दिनदेखि अत्यावश्यकीय बैंकिङ्ग सेवालाई नियमित गर्न आवश्यकता अनुसार कर्मचारी खटाई आवश्यक सेवा, राजस्व कारोवार गर्ने शाखा रकाउन्टरहरु एवम् बैंकका क्लियरिङ सम्बन्धी कार्य गर्ने काउन्टरहरु र नेपाल क्लियरिङ हाउस लिमिटेड खुला गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ ।

सेवाग्राहीको एकै दिन सम्पन्न हुने सेवाका लागि थप अर्को साता कार्यालय आउनुपर्ने अवस्था सिर्जना हुन नदिने सुनिश्चिततासहित सेवा प्रवाहको व्यवस्था मिलाउन पनि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

leave a reply

Techie