शोधानान्तर घाटा इतिहासकै उच्च

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिना आइपुग्दा पनि नेपाल भित्रिने भन्दा बाहिरिने रकमको मात्रा उच्च हुँदा शोधानान्तर घाटा इतिहासकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ९ महिनासम्म शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब २६ करोड रुपैयाँले घाटामा छ । यो नेपाली अर्थतन्त्रको इतिहासमै ठूलो घाटा हो ।
अघिल्लो वर्षको सोही अवधिमा भने शोधनान्तर स्थिति ४२ अर्ब ५४ करोड रुपैयाँले बचतमा थियो । यस अवधिमा चालु खाता ५ खर्ब १२ अर्ब ७१ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब १० अर्ब ५१ करोडले घाटामा रहेको थियो ।
शोधनान्तर अवस्था चालु खाताभित्रकै एक पक्ष हो । चालु खाता घाटामा रहनु र शोधनान्तर स्थिति नकारात्मक रहनुबीच सम्बन्ध रहेको हुन्छ । आय बढ्दा चालु खाता नाफामा देखिन्छ । व्यय बढ्दा घाटामा देखिन्छ ।
नेपाल भित्रने रकम र नेपालबाट बाहिरिने रकमबीचको अन्तर नै शोधनान्तर स्थिति हो । शोधनान्तर स्थिति घाटामा जानुको कारण नेपालबाट बढी रकम विदेशिएको छ । त्यसको तुलनामा कम रकम नेपाल आइरहेको छ । बढ्दो आयात र कम निर्यातका कारण यस्तो अवस्था आउने गर्छ ।

leave a reply

Techie