नेप्से परिसूचक ५६ अंकले बढ्यो, कारोबार रकममा पनि बृद्धि

काठमाडौ । शेयर बजारमा नेप्से परिसूचक आज पनि दोहोरो अंकले वृद्धि भएको छ । नेप्से परिसूचक ५६ अंकले बढेर २३६९ विन्दुमा पुगेको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । ५३ लाख ३३ हजार कित्ता सेयर २ अर्ब १६ करोड ३९ लाख रुपैयाँमा खदिर बिक्री भएको छ । मंगलबार ४४ अंकले बढेको नेप्सेमा १ अर्ब ४४ करोड रुपैयाँको सेयर किनबेच भएको थियो । नेप्से परिसूचक लगातार चौथो दिन पनि उकालो लागेको हो । गत सातासम्म निरन्तर घट्दै आएको नेप्से परिसूचक २२०४ अंकसम्म पुगेको थियो । नेप्सेमा कारोबार भएका १३ वटै समूहमा सुधार आएको छ । यीमध्ये निर्जीवन बीमा समूहमा २४३ अंकको र जीवन बीमा समूहमा २१७ अंकको सुधार आएको छ । यस्तै, लघुवित्त समूह १५३ अंकले र विकास बैंक समूह १५० अंकले बढेको छ । यसैगरी, जलविद्युत समूहमा १३० अंकको र उत्पादनमूलक समूहमा ७० अंकको सुधार भएको छ । यसैगरी, अन्य समूहमा समेत सुधार आएको छ ।

leave a reply

Techie