गुजरात आईपीएल क्रिकेटको प्लेअफमा, लखनउ जाइन्ट्स ६२ रनले पराजित

एजेन्सी । गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग आईपीएल टी–ट्वान्टी क्रिकेटको प्ले अफमा प्रवेश गरेको छ । पुनेमा गएराति लखनउ जाइन्ट्सलाई ६२ रनले हराउँदै गुजरात प्ले अफमा पुगेको हो । गुजरात प्ले अफ पुग्ने पहिलो टोली बनेको छ । यस्तै गुजरात अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । गुजरातले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको लखनउ १३ ओभर ५ बलमा अलआउट हुँदै ८२ रनमा समेटियो । लखनउका दिपक होडाले २७, क्विन्टन डी ककले ११ रन जोडे । गुजरातका राशिद खानले ४ तथा यश ड्याल र साई किशोरले २÷२ विकेट लिए । पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४४ रन जोडेको थियो । गुजरातका शुबमन गीलले अविजित रहदै ६३, डेभिड मिल्लरले २६ तथा राहुल टेवाटियाले अविजित २२ रन बनाए । लखनउका आभेश खानले २ विकेट लिए । जितसँगै गुजरातले १२ खेलमा १८ अंक जोडेको छ । लखनउ १२ खेलमा १६ अंक जोडेर दोस्रो स्थानमा छ ।

leave a reply

Techie