शेयर बजारमा मंगलबार पनि सुधार, नेप्से परिसूचक ४४ अंकले बढ्यो

काठमाडौ । साताको तेस्रो दिन मंगलबार शेयर बजार मापक नेप्से परिसूचकमा उच्च अंकले वृद्धि भएको छ । साताको पहिलो कारोबारको दिन आइतबारदेखि बढ्न थालेको नेप्सेले मंगलबार पनि निरन्तरता पाएको हो । मंगलबार नेप्से परिसूचक ४४.१६ अंकले बढेर २३१३.०० विन्दुमा पुगेको छ । त्यस्तै, मंगलवार सेन्सेटिभ इण्डेक्स ७.६७ अंक, फ्लोट इण्डेक्स ३.२६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.९३ अंकले बढेको छ । मंगलबार कारोबारमा आएका २२६ कम्पनीको ३३ लाख ३० हजार १५० कित्ता शेयर १ अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४६९ रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकममा भने सोमबारको तुलनामा सामान्य गिरावट आएको हो । मंगलवार नेप्सेका १३ वटै उपसमूहमा हरियाली छाएको छ । जलविद्यूत उपसमूहको सूचक सबैभन्दा धेरै ३.८० प्रतिशतले बढेको छ भने फाइनान्स उपसमूहको ३.२७ प्रतिशत बढेको छ । विकास बैंक, अन्य, जीवन बीमा र लगानी उपसमूहको परिसूचक २ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । त्यस्तै, बाँकी उपसमूहको बैंकिङ, होटल तथा पर्यटन, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशत भन्दाबढीले बढेको छ भने व्यापार र म्यचुयल फण्ड उपसमूहको सूचक ० प्रतिशत भन्दा बढीले बढेको छ । मंगलबार ङादी ग्रुप पावर कम्पनी, बरुण हाइड्रो पावर र जाल्पा सामुदायिक लघुवित्तको शेयर कारोबार सकारात्मक सर्किट लेभलमा कारोबार भयो ।।

leave a reply

Techie